काठमाडौँ । श्रमजित किशोर मावि लुखुशी ललीतपुरका शिक्षक राजेन्द्र राज पौडेलले बर्षौदेखि खेताला शिक्षक राखेर अवैध तलब लिएको खुलासा भएको छ । तृतीय श्रेणीका विज्ञान शिक्षक राजेन्द्र राज पौडेलले अशोक यादवलाई खेताला शिक्षक राखेर अवैध तलव बुझेको पाइएको हो ।
श्रमजित किशोर माबि लुखुशी ललितपुरका एक निवर्तमान शिक्षकले शिक्षा मन्त्री सुमना श्रेष्ठलाई हुलाकमार्फत एक पत्रसंगै विद्यालयको अध्यापन तालिका पनि पठाएर उनलाई नियम बमोजिम कारवाहि गर्न माग गरेका हुन् ।
उजुरी कर्ता निवर्तमान शिक्षकका अनुसार निज राजेन्द्र राज पौडेल एक विद्यालयको प्रधानाध्यापक हुँदा भ्रस्ट्टाचारको आरोपमा कारवाही परेपछि श्रमजित किशोर मा.वि लुखुशी ललितपुरमा सरुवा भएका थिए । उनलाई ललितपुर उपमहानगर पालिकाका शिक्षा महाशाखा प्रमुख महेन्द्रबहादुर क्षेत्रीको संरक्षण रहेको उजुरी कर्ताको आरोप छ ।
प्रतिक्रिया