• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    जिल्ला अधिवेशनले पार्टी पङ्क्तिलाई उत्साहित बनायो : उपाध्यक्ष पौडेल

    1K
    SHARES



    काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जिल्ला अधिवेशनले पार्टी पङ्क्तिलाई उत्साहित बनाएको बताएका छन् ।

    शुक्रबार एमाले रुपन्देहीको अधिवेशनबाट निर्वाचित कमिटीको पदभार कार्यक्रममा बोल्दै उनले अधिवेशनले पार्टीको जीवनमा नयाँ जोस सञ्चार गरेकाले एकताबद्ध र सशक्त पार्टी निर्माण भएको बताए । उनले एकआपसमा दोषारोपण गरेर नभई हरेकले गुणलाई आत्मसात् गरेर पार्टी कमिटीलाई चलायमान बनाउनुपर्ने बताए । उनले विकास र राजनीतिलाई जोडेर अगाडि बढाउनुपर्ने बताए ।

    यस्तै पोलिटब्युरो सदस्य लीला गिरिले एमालेका नेता तथा कार्यकर्ता उत्पादनसँग जोडिनुपर्ने बताए । उनले पार्टीका नेता र एमालेबाट निर्वाचित जनप्रतिनिधिबिच तालमेल हुनुपर्ने बताए ।

    कार्यक्रममा नवनिर्वाचित एमाले रुपन्देही अध्यक्ष यज्ञ गैरे, निवर्तमान अध्यक्ष तेजेन्द्र केसी, सचिव चित्रबहादुर कार्कीलगायतले पार्टीको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया