काठमाडौँ। एक करोडभन्दा धेरै मूल्यका सामान चोरीमा संलग्न भएको आरोपमा प्रहरीले दुईजना लाइ पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नं. २२ घर भई हाल मियाँपाटन बस्ने २१ वर्षीय नवीन नेपाली र गोरखा घर भई हाल पोखरा-४ गैह्रापाटन बस्ने २९ वर्षीय सुवास थापा मगरलाई प्रहरीले चोरीका सामानसहित पक्राउ गएको हो ।
प्रहरीका अनुसार यी दुईजना यसअघि पनि कयौँ श्रृंखलावद्ध चोरी र अपराधका घटनामा संलग्न भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक अविनाशदीप जिसीका अनुसार उनीहरूले पोखरलाई केन्द्र बनाएर चोरीमा संलग्न हुँदै आएका थिए ।
प्रतिक्रिया