काठमाण्डाै । फिफा विश्वकप-२०२६ तथा एएफसी एसियन कप-२०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज यमनसँग खेल्दैछ । नेपालले आज राति पौने १२ बजे साउदी अरबको दमाममा रहेको प्रिन्स मोहमद विन फाहद स्टेडियाममा सुरु हुने भएको हो ।
समूह ‘एच’ मा रहेको नेपालले पाँच खेल खेल्दा गोल गरेको छैन । समग्रमा १८ गोल बेहाेरेको छ । नेपाल यूएईसँग भएको दुई खेलमा समान ४–० र बहराइनसँग ५-० र ३-० ले तथा यमनसँग २-० ले पराजित भएको थियो । विश्वकप छनोटबाट यसअघि नै बाहिरिसकेको हुँदा नेपाल समूहको आफ्नो अन्तिम खेलमा आज सुखद नतिजा निकाल्ने लक्ष्यमा छ ।
आजको खेल कप्तान एवम् गोलकिपर किरणकुमार लिम्बुको १ सयऔँ अन्तर्राष्ट्रिय खेल हुनेछ । धनकुटाका ३४ वर्षीय किरण नेपाली राष्ट्रिय टोलीबाट सय अन्तर्राष्ट्रिय खेल खेल्ने पहिलो खेलाडी बन्नेछन् । उनले सन् २००८ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए ।
प्रतिक्रिया