लमजुङ । लमजुङमा रहेको मध्य,मर्स्याङ्दी जलविद्युत् आयोजनाले पूर्ण क्षमतामा बिजुली उत्पादन गर्न थालेको छ । नदीमा पर्याप्त पानी भएसँगै ७० मेगावाटको आयोजनाले पूर्ण क्षमतामा बिजुली उत्पादन थालेको हो ।
हिउँदयाममा मर्स्याङ्दी नदीमा पानी घटेपछि मङ्सिरदेखि फागुनसम्म २४ मेगावाट मात्र उत्पादन भएको थियो । चैत लागेपछि बिस्तारै उत्पादन वृद्धि भई ४०/४५ मेगावाट पुगेको थियो । एक हप्ता अघिदेखि ६० मेगावाट हुँदै तीन दिनदेखि ७० मेगावाट नै उत्पादन हुन थालेको विद्युत् उत्पादन केन्द्रका प्रमुख पवन बस्नेतले जानकारी दिनुभयो ।
यो आयोजना सन् २००० मा निर्माण शुरु भई सन् २००८ मा सम्पन्न भएको थियो । २७ अर्ब २० करोड रुपैयाँको लागतमा निर्मित आयोजना लमजुङकै पहिलो विद्युत् आयोजना हो ।
प्रतिक्रिया