• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

नवौँ टी–२० विश्वकप : लगातार तेस्रो हारसँगै उपाधि होडबाट बाहिरिने पहिलो टोली बन्यो ओमान

2.4K
SHARES



काठमाडौँ । एसियाली राष्ट्र ओमान आईसीसी टी-२० विश्वकपबाट बाहिरिएको छ । लगातार तेस्रो हारसँगै ओमान उपाधि होडबाट बाहिरिएको हो । आइतबार राति खेलिएको आफ्नो तेस्रो खेलमा ओमानको टोली स्कटल्यान्डसँग सात विकेटले पराजित भयो ।

समूह ‘बी’ मा रहेको ओमान यसअघि खेलिएको आफ्नो पहिलो खेलमा नामिबियासँग सुपर ओभरमा पराजित भएको थियो । दोस्रो खेलमा पनि ओमानको टोली बलियो प्रतिद्वन्द्वी अस्ट्रेलियासँग ३९ रनले पराजित भएको थियो ।

उक्त समूहमा तीन खेल खेलेको स्कटल्यान्ड पाँच अंकसहित पहिलो स्थानमा आसिन छ । दुई खेलबाट चार अंक बटुलेको अस्ट्रेलिया दोस्रो स्थानमा छ । दुई खेलबाट दुई अंक जोडेको नामिबिया तेस्रो र दुई खेलबाट एक अंक हात पारेको इङ्ल्यान्ड चौथो स्थानमा छन् ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ