काठमाडौँ। गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिँदैछन् । पाण्डेले दिउँसो ३ बजे विश्वासको मत लिने भएका हुन् ।
संविधानको धारा १६८ (३) बमोजिम सबैभन्दा ठूलो दलको नेताका हैसियतमा मुख्यमन्त्री बनेका उनलाई विश्वासको मत हासिल गर्न ३१ प्रदेशसभा सदस्यको साथ चाहिन्छ ।
६० सदस्ययीय प्रदेशसभामा कांग्रेसका २७, नेकपा (एमाले)का २२, सभामुखबाहेक नेकपा माओवादी केन्द्रका ७, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र १ स्वतन्त्र प्रदेशसभा सदस्य रहेका छन् ।
प्रतिक्रिया