काठमाडौँ । अछाम र दैलेख जोड्ने कर्णाली नदीको झोलुङ्गे पुलका लठ्ठा चुँडिएर १५ खच्चर बिच पुलमा अडकिएका छन् । आइतबार दैलेखको आठबीस नगरपालिका– ६, खिड्कीज्युलाबाट अछामको विनायक नगरपालिकातर्फ जाँदै गर्दा झोलुङ्गे पुलको लट्ठा चुँडिएको हो ।
स्थानीयका अनुसार दुईवटा खच्चर पानीमा खसिसकेका छन् भने बाँकी खच्चर पुलमाथि अड्किरहेका छन् । स्थानीयको सहयोगमा उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ ।
लामो समयसम्म मर्मत नगरिएको पुलमा सामान बोकेका धेरै खच्चर एकसाथ हिँड्दा उक्त समस्या आएको स्थानीयको भनाइ छ ।
प्रतिक्रिया