• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    प्रचण्ड, ओली र माधवबिच सिंहदरबारमा दोस्रो पटक भेटवार्ता

    2K
    SHARES



    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबिच सोमबार दोस्रो पटक भेटवार्ता भएको छ । सोमवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा तीन नेताहरूबिच भेटवार्ता भएको हो ।

    भेटवार्तामा पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रमबारे छलफल भएको बताइए पनि नेताहरूले मुख खोलेका छैनन् । बालुवाटारमा तीन दलका शीर्ष नेताहरूबिच करिब तीन घण्टाको भेटपछि बालुवाटारमा अध्यक्ष नेपालसँग प्रचण्ड र ओलीले भेटवार्ता गरेका हुन् ।

    बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, अध्यक्ष ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेट भएको थियो । त्यसअघि प्रचण्ड र माधवबिच भेटवार्ता भएको थियो । प्रचण्ड देउवा र ओलीबिचको बालुवाटार छलफललगत्तै सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड, ओली र नेपालबिच पुनः भेट भएको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ