• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

रियललाई रेकर्ड १५ औँ च्याम्पियन्स लिगको उपाधि

2.1K
SHARES



वेम्बले । रियल मड्रिड पुनः एकपटक युरोपको च्याम्पियन बनेको छ । शनिबार राति भएको खेलमा जर्मन क्लब बोरुसिया डर्टमन्डलाई पाखा लगाउँदै रियलले रेकर्ड १५ औँ पटक उपाधि जित्न सफल भएको हो ।खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

रियलले राम्रो प्रदर्शन गर्न सकेन भने डर्टमन्डका करिम अडेयेमीले दुईवटा गोलको अवसर खेर फालेका थिए ।निकलास फुलक्रुगको प्रयास गोलपोस्टमा लागेको थियो । रियलका गोलकिपर थियाबट कोर्टवाले पनि थुप्रै विपक्षीको प्रहार बचाऊ गरे ।

दोस्रो हाफमा सुधारिएको खेल प्रदर्शन गरेको रियलले ७४ औँ मिनेटमा अग्रता लियो । टोनी क्रुसको कर्नरमा ड्यानी कार्भाहालले गोल गर्दै रियललाई अग्रता दिलाए । नौ मिनेटपछि जुड बेलिङह्यामको पासमा गोल गर्दै भिनिसियस जुनियरले रियलको जित सुनिश्चित गरे ।

योसँगै वेम्बलेमा डर्टमन्डले लगातार दोस्रो च्याम्प्यिन्स लिगको फाइनल गुमाएको छ । यसअघि सन् २०१३ मा टोली फाइनलमा जर्मन प्रतिद्वन्द्वी बायर्न म्युनिखसँग पराजित भएको थियो । रियलका म्यानेजर कार्लो एन्चेलोटीले प्रशिक्षकका रुपमा च्याम्पियन्स लिगको उपाधि जितेको यो रेकर्ड पाँचौँ पटक थियो ।

त्यस्तै, टोनी क्रुस, कार्भाहाल, नाचो र लुका मोड्रिचले पनि कीर्तिमान बराबरी गर्दै छैटौँ पटक उपाधि जित्न सफल भएका छन् ।

 

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ