• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

पेरिस ओलम्पिकको तयारीका लागि प्रिन्स आइतवार श्रीलङ्का जाने

2.2K
SHARES



काठमाण्डाै । पेरिस ओलम्पिकको तयारीका लागि ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल पर्सि आइतवार श्रीलङ्काको कोलोम्बो जाने भएका छन् ।

प्रिन्स कोलोम्बोमा राइजिङ स्टार्स ब्याडमिन्टन एकेडेमीमा २० दिन प्रशिक्षणमा रहने छन् । उनको प्रशिक्षण आइतवारदेखि नै शुरु हुनेछ ।

प्रिन्स दाहाललाई इन्डोनेसियाको राष्ट्रिय टिमसमेत सम्हालिसकेका इन्डोनेसियाकै टोनी वाहयुदीले प्रशिक्षण दिने छन् । प्रिन्स पेरिस ओलम्पिकका लागि वाइल्ड कार्डमार्फत छनोट भएका हुन् ।

प्रिन्ससँगै ब्याडमिन्टनका मुख्य प्रशिक्षक सुदीप योञ्जन पनि श्रीलङ्का जाने छन् । उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले आज एक कार्यक्रमबीच बिदाई गरेका छन् ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ