काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले ८ हजार माथिका अरु हिमालहरु आरोहण गरिसकेपछि मात्रै सगरमाथा आरोहण गर्न पाउने मापदण्ड बनाउनुपर्ने बताएका छन् ।
बुधवार काठमाडौंमा आयोजित ७१औं सगरमाथा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कार्कीले ६ हजार मिटरको हिमाल चढेपछि मात्र सगरमाथा चढ्न पाइने व्यवस्था हटाई ८ हजार मिटर माथिका हिमाल आरोहण गरेपछि मात्र सगरमाथा आरोहण गर्न पाउने मापदण्ड बनाउनुपर्ने बताएका हुन् ।
सगरमाथासहितका हिमालहरुको संरक्षणमा आवश्यक पहलकदमी हुन नसकेको उनको भनाइ छ । नेपाल जलवायु परिवर्तनको चपेटामा परेको भन्दै उनले आरोहणलाई नियमन गर्न जरुरी रहेको बताएका हुन् ।
प्रतिक्रिया