काठमाडौँ । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी विरुद्दको मुद्दामा बहस सकिएको छ । सोमबार सकिएको बहसको फैसला पनि आजै आउने भएको छ ।
निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले खगराज अधिकारीले प्राप्त गरेको विश्वासको मतमा बहुमत नपुगेको भन्दै सर्वोच्चमा रिट दिएका थिए ।
अधिकारीको पक्षमा ३० मत मात्रै परेको थियो । गण्डकीमा ६० जना सांसद छन् भने संविधानअनुसार विश्वासको मतका लागि कम्तीमा ३१ सिट हुनुपर्छ ।
प्रतिक्रिया