• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

अन्तराष्ट्रिय

रफाहमा रोकोयो खानेकुरा वितरण कार्य

3.4K
SHARES



काठमाडौँ। दक्षिण गाजाको सहर रफाहमा खानेकुरा वितरण कार्य रोकिएको छ । आपूर्तिको अभाव र असुरक्षाका कारण खाद्यान्न वितरण रोकिएको संयुक्त राष्ट्र संघ (यूएन)ले जनाएको छ ।

प्यालेष्टाइनी शरणार्थीका लागि यूएनको एजेन्सी यूएनरवाले हमासविरुद्ध इजरायली सैन्य कारबाहीका कारण आफ्नो वितरण केन्द्र र विश्व खाद्य कार्यक्रमको गोदामहरुले अब खाद्यान्न वितरण गर्न नसक्ने चेतावनी दिएको थियो ।

मे ६ मा इजरायलले कारबाही शुरुगरेयता रफाहका १० लाखभन्दा धेरै मानिसमध्ये ८ लाख १० हजारले ठाउँ छाडेर भागिसकेको अनुमान गरिएको छ । आफ्नो स्वास्थ्य केन्द्रहरूले विगत १० दिनमा कुनै पनि मेडिकल सामानको आपूर्ति नपाएको यूएनरवाले भनेको छ ।

आफूले पठाएको ५ सय ९६ टन खानेकुरा र अन्य सहायता सामाग्री गाजा छिरेको नहुन सक्ने आशंका गरिएको अमेरिकाले बताएकै समयमा यो खबर आएको हो ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ