काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार विस्तार गरेका छन् । शुक्रबार मन्त्रि कार्कीले सरकार विस्तार गरेर १० सदस्यीय बनाएका छन् ।
२७ वैशाखमा मुख्यमन्त्री बनेका कार्की नेतृत्वको सरकारमा २ जना विनाविभागीय मन्त्री थिए । शुक्रबार ५ मन्त्री र २ राज्यमन्त्री थपेर कार्यविभाजन समेत गरिएको छ ।
शुक्रबार एमालेबाट एकराज कार्की, पाँचकर्ण राई र लिलावल्लभ अधिकारी मन्त्री नियुक्त भएका छन् । माओवादी केन्द्रबाट नारायण बुर्जा मगर र राजेन्द्र कार्की मन्त्री बनेका छन् ।
एमालेबाट सिर्जना राई र माओवादी केन्द्रबाट बन्दना झागड राज्यमन्त्री बनेका हुन । यसअघि एमालेबाट राम राना र माओवादी केन्द्रबाट गणेश उप्रेती मन्त्री नियुक्त भएका थिए ।
प्रतिक्रिया