• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

क्यानले सन्दीपलाई विश्वकप खेल्न पठाउने

5.3K
SHARES



काठमाडौँ । बलात्कार मुद्दामा सफाइ पाएसँगै क्रिकेटर सन्दीप लामीछानेलाई विश्वकप खेल्न नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका पठाउने भएको छ । अदालतको फैसलासँगै क्यानले टी-२० विश्वकप खेल्न अमेरिका पठाउने विषयमा सहमत भएको हो ।

संघका केन्द्रीय सदस्य दुर्गा पाठकले पदाधिकारीबिच सहमति भएकोले आजै निलम्बन फुकुवा हुने बताए । त्यसपछि प्राविधिक पाटोहरू मिलाएर सन्दीपलाई अमेरिका पठाइने पनि उनले बताएका छन् ।

आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करण आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदैछ । विश्वकपमा २० टोलीले सहभागिता जनाउँदै छन् ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ