• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

वेस्ट इन्डिजसंग नेपाल पराजित

2.8K
SHARES



काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ विरुद्धको चौथो टी-२० क्रिकेटमा पनि नेपाली टोली पराजित भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार खेलिएको चौथो खेलमा भ्रमणकारी टोली वेस्ट इन्डिजले नेपाललाई २८ रनले हरायो ।

जितसँगै वेस्ट इन्डिजले अन्तिम खेलअघि नै शृङ्खला पनि आफ्नो पक्षमा पारेको छ । पाँच खेलको शृङ्खलामा वेस्ट इन्डिजले ३-

१ को अग्रता लिएको हो । शृङ्खलाको पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो ।

त्यसपछिका सबै खेलमा क्यारेबियन टोली विजयी हुँदै आएको छ । दोस्रो खेलमा वेस्ट इन्डिजले नेपालमाथि १० रनको रोमाञ्चक जित हासिल गरेको थियो । तेस्रो खेलमा पनि वेस्ट इन्डिजले नेपाललाई ७६ रनले हराएको थियो । शृङ्खलाको पाँचौँ तथा अन्तिम खेल शनिवार खेलिने भएको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ