काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ विरुद्धको पहिलो खेलमा नेपालले रोमाञ्चक जित हात पारेको छ । शनिबार काठमाडौँमा भएको खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’लाई ४ विकेटले हराउँदै रोमाञ्चक जित निकालेको हो ।
कप्तान रोहितकुमार पौडेलले ४७ बलमै शतक बनाएसँगै नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ४ विकेटले हारेको छ । वेस्ट इन्डिजले दिएको २ सय ५ रनको लक्ष्य पछयाएको नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै २ सय ६ रन बनायो ।
अन्तिम ओभरमा नेपाललाई जितका लागि ९ रन चाहिएको थियो । उक्त ओभर गर्न ओशान थोमस आएका थिए । उनको पहिलो बलमा गुल्शनकुमार झाले १ रन मात्रै लिए ।
यस्तै दोस्रो बलमा प्रतिश जीसीले पुन: १ रन लिए । तर, तेस्रो र चौथो बलमा लगातार २ चौका प्रहार गर्दै गुल्शनले नेपाललाई जित दिलाएका हुन् ।
प्रतिक्रिया