• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

एसीसी प्रिमियर कप : युएईसँग ६ विकेटले हार्‍यो नेपाल

2.3K
SHARES



काठमाण्डाै । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ वेकेटले पराजित भएको छ । आज भएकाे सेमिफाइनलमा यूएईले नेपाललाई ६ विकेटले हराएको हो ।

साविक विजेता नेपाललाई हराउँदै यूएई एसीसी प्रिमियर कपकाे फाइनलमा पुगेकाे हाे । याेसँगै एसिया कपमा भारत, पाकिस्तानसँग खेल्ने नेपालकाे सपना समाप्त भएकाे छ ।

नेपालले दिएकाे १ सय २० रनकाे सामान्य लक्ष्य यूएईले १७ ओभर २ बलमा ४ विकेट गुमाएर भेटायाे । यूएईका अलिशान शरफुले नट आउट ५५ रन बनाए । नेपालका गुल्सन झाले २ तथा साेमपाल कामी र ललित राजवंशीले समान १ विकेट लिए ।

यसअघि ओमानकाे अल अमिरातमा टस हारेर ब्याटिङ गरेकाे नेपालले २० ओभरमा ९ विकेट गुमाएर १ सय १९ रन बनायाे । नेपालका सन्दीप जाेराले अर्धशतक बनाए ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ