• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

रोनाल्डोको ह्याट्रिकमा अल–नासरको गोल वर्षा

2K
SHARES



रियाद । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकको मद्दतले अल–नासरले १० खेलाडीमा सीमित अल ताई अहजै हराएको छ । साउदी प्रो लिग अन्तगरगतको खेलमा अल–नासर ५–१ गोलले विजयी बनेको हो ।

खेलको २० औँ मिनेटमा ओटाभिडोले गोल गर्दै अल–नासरलाई अग्रता दिलाएका थिए । तर दुई मिनेटपछि नै अल ताईका लागि भर्जिल मिसिडजानले बराबरी गोल फर्काए ।

३६ औँ मिनेटमा उनले दोस्रो पहेँलो कार्ड खाँदै मैदान छाड्न परेपछि अल–ताई १० खेलाडीमा सीमित बन्यो । यसको फाइदा उठाउँदै अब्दुलरहमान घारिबले पहिलो हाफको इन्जुरी समयमा पुनः अल–नासरलाई अग्रता दिलाए ।

दोस्रो हाफ भने रोनाल्डोको नाममा रह्यो । ६४ औँ मिनेटमा पहिलो गोल गरेका उनले ३ मिनेटपछि अर्को गोल थपे । ८७ औँ मिनेटमा उनले आफ्नो ह्याट्रिक पूरा गरे ।

यो सिजन ३९ वर्षीय पोर्चुगिज खेलाडीको दोस्रो ह्याट्रिक हो । समग्र करियरमा भने उनको यो ६४ औँ ह्याट्रिक थियो ।  जितका बावजुद टोली लिगमा दोस्रो स्थानमा सीमित रहेको छ । अल हिलालभन्दा टोली १२ अंकले पछि रहेको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ