काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सचिवालय बैठक आह्वान गरेको छ ।
अध्यक्ष केपी शर्मा ओलीले चैत ११ गतेका लागि सचिवालय बैठक बोलाएका हुन् ।
एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले सचिवालय बैठक आह्वान गरिएको जानकारी दिए ।
उनका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।
बैठक ११ बजे ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भएको छ ।
प्रतिक्रिया