• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    ५ प्रतिशतले आर्थिक वृद्धि गर्ने चिनको लक्ष्य

    1.4K
    SHARES



    काठमाडौँ। चीनले यस वर्ष आर्थिक वृद्धिदर पाँच प्रतिशत हुने लक्ष्य निर्धारण गरेको छ ।

    चिनियाँ संसद् नेशनल पिपल्स कंग्रेस (एनपीसी) को अधिवेशनमा प्रधानमन्त्री ली छ्याङले यस वर्ष पाँच प्रतिशत आर्थिक वृद्धि हुने घोषणा गरेका  बीबीसीले जनाएको छ । उनले देशको अर्थतन्त्रमा केही अप्ठ्यारा देखिए पनि त्यसलाई सुधार गर्दै लक्ष्य हासिल गर्न सकिने बताएका छन् ।

    संरचनात्मक सुधार, गुणस्तरमा वृद्धि र प्रदर्शनमा सुधार गर्दै देशले पाँच प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य भेट्ने प्रधानमन्त्री ली छ्याङको भनाइ छ ।

    गएको वर्ष पनि चीनको आर्थिक वृद्धि पाँच दशमलव दुई प्रतिशत थियो । तर यस वर्ष घरजग्गा कारोबारमा देखिएको सङ्कट, मूल्यवृद्धिकाे दबाब र पुँजी पलायनका चुनौतीका कारण आर्थिक वृद्धिदर घट्ने अनुमानका बीच अर्थतन्त्रप्रति विश्वास जगाउन प्रयास भइरहेको प्रधानमन्त्री ली छ्याङको भनाइलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

    चीनले रक्षा र विज्ञान प्रविधिमा लगानी बढाउने घोषणा गरेको छ । सन् २०२४ का लागि रक्षा मामिलामा सात दशमलव दुई प्रतिशतले बजेट बढाउने घोषणा संसदमा गरिएको छ । यस घोषणाअनुसार चीनले अब रक्षा क्षेत्रमा दुई सय ३० अर्ब ६० करोड डलर खर्च गर्नेछ ।

    यस्तै विज्ञान र प्रविधि क्षेत्रमा १० प्रतिशतले बजेट बढाउने घोषणा गरिएको छ । विज्ञान प्रविधि क्षेत्रमा यस पटक चीनले ५१ अर्ब ६० करोड डलर खर्च गर्न लागेको छ । अमेरिकाले विज्ञान प्रविधिको क्षेत्रमा विभिन्न प्रतिबन्ध लगाएसँगै चीनले आत्मनिर्भर हुनका लागि बजेट बढाएको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया