• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

कर्णाली

वीरेन्द्रनगरमा होटलको छतबाट खसेर ५१ बर्षीय चन्दको मृत्यु

4.3K
SHARES



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा होटेलको छतबाट खसेर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दैलेखको नौमुले गाउँपालिका–८, बस्ने ५१ बर्षीय दीपबहादुर चन्द रहेका छन् ।

वीरेन्द्रनगर-६, स्थित गोदाम लाइनमा रहेको नौलो होटेलको पहिलो तलाबाट खसेर उनको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका (एसपी) एवम् प्रहरी उपरीक्षक रुपेश खड्काका अनुसार‌ प्रहरीलाई आज बिहान ८ः ३० बजे जानकारी गराइएको थियो ।

हाल उनको शव पोष्टमार्टमका लागि प्रदेश अस्पताल कालागाउँ लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको खड्काले बताएका छन् ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ