काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२०आई सिरिजअन्तर्गत आज दोस्रो खेलमा नेदरल्यान्ड्ससँग खेल्ने भएको छ । खेल बिहान साढे ११ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ ।
पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । शीर्ष दुईमा रहँदै फाइनल खेल्न नेपाललाई आजको खेल जित्नुपर्ने दबाब रहन्छ । अन्यथा अन्तिम दुई जितसँगै नेटरनरेटमा पनि भर पर्नुपर्ने हुनसक्छ । पहिलो खेलमा नेपालविरुद्ध नामिबियाले टस जितेर ब्याटिङ रोज्दै ४ विकेटको क्षतिमा २०६ रन बनाएको थियो ।
नेपालले आज टोलीमा दुई परिवर्तन गर्ने सम्भावना छ । अनिल शाह र ललित राजवंशीलाई मौका दिने सम्भावना छ । अनिललाई ब्याटिङ र ललितलाई स्पिन बलिङ मजबुत बनाउन मौका दिने देखिन्छ ।
यी दुई खेलाडीलाई मौका दिँदा नामिबियाविरुद्ध ६ रनमा आउट भएका आसिफ शेख र ५ रन जोडेका सन्दीप जोरा बाहिर हुने प्रवल सम्भावना छ ।
प्रतिक्रिया