• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    खेलकुद

    आइसिसी क्रिकेट विश्वकप लिग-२ : १७ रन बनाएर आउट भए आसिफ

    3.2K
    SHARES



    काठमाडौँ। आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गरिरहेको छ ।दरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको छ ।

    खेलमा नेपालले पहिलो विकेट गुमाएको छ । नेपालका लागि ओपनिङ ब्याटर आसिफ शेख १७ रन बनाएर आउट भएका छन् । उनी भिभियन किंग्माको बलमा डि लीडबाट क्याच भएका छन् । आउट हुनुअघि उनले २७ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

    त्यतिबेला नेपालले ८.३ ओभरमा ४२ रन जोडेको थियो । खेलमा नेपालले २ परिवर्तन गरेको छ । नेपाली टिममा आरिफ शेख र गुल्सन झा खेल्दैछन् भने देव खनाल र सोमपाल कामी बाहिरिएका छन् ।

    आजको जारी खेल सिरिजको अन्तिम खेल हो । पहिलो सिरिजको ३ खेल खेलिसक्दा नेपालले १ जित र २ हार ब्यहोरेको छ । नेपाल नामिबियासँग भएको दुबै खेलमा पराजित भएको थियो भने नेदरल्याण्ड्सविरूद्ध भने ९ विकेटको सानदार जित निकालेको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया