• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

कर्णाली

बर्दियाको मधुवनको एकै गाउँका ४० जना बिरामी

3.2K
SHARES



बर्दिया । बर्दियाको मधुवन नगरपालिका-९ गर्भुटोल गाउँमा बान्ता आउने र पखाला लाग्ने समस्याका कारण ४० जना बिरामी भएका छन् ।

अवलोकन भ्रमणमा जाँदा उनीहरूले घरबाटै मासुलगायतका परिकार लगेका र भोलिपल्टदेखि बिरामी परेका वडा नम्बर ९ का अध्यक्ष हर्क बस्नेतले जानकारी दिएका छन् ।

हिजो दिउँसो मधुवन नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रबाट गाउँमै पुगेका स्वास्थ्यकर्मीले उपचार शुरु गरे पनि बान्ता आउने र पखला लाग्ने समस्या नरोकिएपछि एम्बुलेन्समा राति नै जिल्ला अस्पताल गुलरिया लगेको मधुवन नगरपालिकाकी उपमेयर अनिता चौधरीले जानकारी गराएकी छन् ।

स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीका अनुसार बान्ता आउने र पखाला लाग्ने समस्या भएका बिरामीमध्ये अहिले ३६ जनाको उपचार भइरहेको छ ।

उनीहरूले बासी खाना खाएका कारण ‘फुड पोइजनिङ’ भएको हुन सक्ने प्रमुख गिरीले बताए । उनका अनुसार अहिले ल्याबमा परीक्षण गर्ने तयारी भइरहेको छ ।

थारु सङ्ग्रहालयको अवलोकनका लागि गर्भुटोल गाउँका ४० जनाको समूह गत शुक्रवार दाङ गएको थियो ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ