• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    नेपालको तेस्रो विकेट गुम्यो

    2.8K
    SHARES



    काठमाडौं । नेपालले आईसीसी यू-१९ विश्वकपमा अफगानिस्तानसँगले दिएको मध्यम विजयी लक्ष्य पछ्याउनेक्रममा तेस्रो विकेट गुमाएको छ ।

    नवौं ओभरको पहिलो बलमा खलिल अहमदले ओपनर विपिन रावललाई योर्करमा २ रनमा एलबीडब्लू आउट गरे । उनले १९ बल खेलेका थिए ।

    नेपालका कप्तान देव खनालले ४ रनमा ठूलो जीवनदान पाएका छन् । स्पिनर घजान्फरको आठौं ओभरको पाँचौं बलमा कट एन्ड बोल्ड हुनबाट बचेका थिए ।

    खलिल अहमदको बलमा गुल्शन झा १२ बलमा १ रन बनाउँदै बोल्ड आउट भए । यसअघि उनी न्युजिल्यान्डसँग २ र पाकिस्तानसँगको खेलमा १८ रनमा आउट भएका थिए ।

    अर्जुन कुमाल तीव्र गतिका बलर फरिदुनले पाँचौं ओभरको दोस्रो बलमा १० रनमा बोल्ड आउट भएका थिए । जितको लागि १४६ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले ९ ओभरमा ३ विकेट गुमाउँदै २४ रन बनाएको छ । कप्तान देव खनाल ८ र आकाश त्रिपाठी क्रिजमा छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया