• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

प्रधानमन्त्री कपमा कर्णालीको तेस्रो जित

2.3K
SHARES



काठमाडौं । प्रधानमनत्री कप क्रिकेटमा कर्णाली प्रदेशले तेस्रो जित हात पारेको छ । त्यस क्रममा कर्णालीले कोशी प्रदेशलाई ६ विकेटले हराएको छ ।

जारी प्रतियोगितामा कोशीको यो लगातार सातौं हार हो । १० टिम सहभागी प्रतियोगितामा कोशीले अहिलेसम्म कुनै पनि खेल जित्न सकेको छैन ।

मूलपानी क्रिकेट मैदानमा जितका लागि पाएको १ सय ५२ रनको सामान्य लक्ष्य कर्णालीले २८.३ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । कर्णालीलाई जिताउन विकेटकिपर ब्याटर अर्जुन घर्तीले नट आउट अर्धशतकको पारी खेले । ५० रनमा नट आउट रहेका उनले ६ चौका र २ छक्का हाने ।

यस्तै विपिन शाही २८ रनमा आउट भए भने हिमांशु शाही २४ रनमा नट आउट रहे । कोशीका हेमन्त राईले ३ र कमल खत्रीले १ विकेट लिए । यसअघि पहिला ब्याटिङ गरेको कोशीले ३४.३ ओभरमा १ सय ५१ रनमा अल आउट भएको थियो ।

कोशीका लागि सुजन थपलियाले ७३ रनको शानदार पारी खेले पनि अर्को छेउबाट उनलाई अरु खेलाडीले गतिलो साथ दिन सकेनन् ।

नवौं नम्बरमा ब्याटिङमा आएका सुजन घिमिरेले १२ रन बनाए । कर्णालीका दिनेश अधिकारीले ४, प्रकाश जैशीले ३ तथा दिवान पुनले २ विकेट लिए ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ