काठमाडौँ। अछाममा बदेलकाे आक्रमणबाट एक महिला घाइते भएकी छन ।
जिल्लाकाे मंगलसेन नगरपालिका वडा नम्बर ६ डाडागाउँकी २४ वर्षीया आरती भण्डारी बदेलकाे आक्रमणबाट घाइते भएकी हुन ।
साेमबार दिउँसो घर नजिकैकाे चिउरी खाेलामा नुहाइधुवाई गर्ने क्रममा भण्डारीलाई बदेलले आक्रमण गरी घाइते बनाएकाे जिल्ला प्रहरी कार्यालय अछामका सुचना अधिकारी प्रहरी निरिक्षक राजेन्द्र साउदले जानकारी दिएका छन् ।
घाइते भण्डारीकाे आँखाकाे दायाँबायाँ साइड र चिउडाेकाे विभिन्न भागमा चाेट पुगेको छ । घाइते भण्डारीलाई जिल्ला अस्पताल अछाममा सामान्य उपचारपछि थप उपचारको लागि काेहलपुर ल्याइएको छ ।
प्रतिक्रिया