• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

कोशी

राष्ट्रिय सभा निर्वाचन- कोशीमा एमाले र राप्रपाको तालमेल

4.1K
SHARES



काठमाडौँ। राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले तालमेल गरेका छन् । सोमबारको छलफलपछि दुई दल तालमेल गर्न सहमत भएका हुन् ।

राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्ति सिटौलाका अनुसार एमालेका मतदाताले राप्रपाको अन्य तर्फका उम्मेदवार उद्धव पौडेललाई र राप्रपाका मतदाताले एमाले उम्मेदवार रुक्मिणी कोइरालालाई मतदान गर्नेछन् । उनले सहमतिको लिखित रुप भने केही समयपछि सार्वजनिक गर्ने बताएका छन् ।

नेकपा एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले भने राष्ट्रिययसभा चुनावलाई लिएर एमाले र राप्रपाबीच तालमेलको छलफल अन्तिम चरणमा पुगेको बताए । उनले पनि आजै सहमति सार्वजनिक गर्ने बताएका छन् ।

११ माघमा कोशी प्रदेशमा राष्ट्रियसभा सदस्यको दुई सिटका लागि निर्वाचन हुँदैछ । कोशीमा नेकपा एमालेले अन्यतर्फ परशुराम अधिकारी र महिलातर्फ रुक्मिणी कोइरालालाई उम्मेदवार बनाएको छ । महिलातर्फ उम्मेदवारी नदिएको राप्रपाले अन्यतर्फ उद्धव पौडेललाई उम्मेदवार बनाएको छ ।

सत्तारुढ गठबन्धनले अन्यतर्फ नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र महिलामा माओवादी केन्द्रकी चम्पा कार्कीलाई उम्मेदवार बनाएको छ ।

प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्ने राष्ट्रियसभा निर्वाचनमा कोशीमा ३ सय ६७ मतदाता रेहका छन् । जसमा ९३ जना प्रदेशसभा सदस्य र १३७ पालिकाका प्रमुख र उपप्रमुख गरी २ सय ७४ जना रहेका छन् ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ