• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

प्रधानमन्त्री कप- बागमती प्रदेशद्वारा कोशी प्रदेश ६४ रनले पराजित

2.3K
SHARES



काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशले कोशी प्रदेशलाई ६४ रनले पराजित गरेको छ । बागमतीले दिएको २७४ रनको लक्ष्य पछ्याएको कोशी प्रदेश ४७ ओभर १ बलमा २०९ रनमा समेटिएको हो ।

सुजन थपलिया र कप्तान अंकित सुवेदीले अर्धसतक प्रहार गरे । थपलियाले ५९ र सुवेदीले ५३ रन बनाए । सोनु अन्सरीले २१ र आइस भट्टराईले अविजित ३२ रनको योगदान दिए ।

बलिङमा बागमतीका इशान पाण्डेले ५ विकेट लिए । ८ ओभर बलिङ गरेका इशानले ३९ रन खर्चेर ५ विकेट लिए । सूर्य तामाङले २, रिजन ढकाल र प्रतीक श्रेष्ठले १-१ विकेट लिए ।

टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमती ४८ ओभर ३ बलमा अलआउट हुँदै २७३ रन बनाएको थियो । बागमतीका लागि ओपनर आशुतोष घिरैयाले सतक प्रहार गरेका थिए ।

उनी १११ बलमा ११८ रन बनाएर आउट भएका थिए । कप्तान रित गौतमले ४९, रबिन जोशीले ४३ र प्रतीक श्रेष्ठले १९ रनको योगदान दिए ।

बलिङतर्फ कोशीका अभ्यास तिमिल्सिनाले ३, कमल खत्री र हेमन्त राईले २-२ र फिर्दोश अन्सरीले १ विकेट लिएका थिए ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ