• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

अन्तराष्ट्रिय

पाकिस्तानमा इरानको ड्रोन हमला, २ बालिकाको मृत्यु

3K
SHARES



काठमाडौँ। पाकिस्तानमा इरानले हवाई आक्रमण गरेको छ ।

मंगलबार राति इरानले गरेको हवाई आक्रमणमा २ जना बालबालिकाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

आक्रमणको जिम्मा लिँदै इरानले सुन्नी लडाकु समूह जैश अल-अदलका किल्ला ध्वस्त पार्न सटिक मिसाइल र ड्रोन हमला गरेको बताएको छ।

बलोचिस्तानको को-इ-शब्जमा इरानले ६ वटा ड्रोन र एउटा रकेट प्रहार गरेको समाचार संस्था सिएनएनले उल्लेख गरेको छ । उनीहरूले त्यहाँ २ वटा घरहरूलाई लक्षित गरी आक्रमण गरेको भनेका छन् ।

आक्रमणबाट दुई बालिकाको मृत्यु भएको र चारजना घाइते भएका छन् । सुन्नी लडाकूहरू बसेको आशंकामा आक्रमण गरिएकोमा त्यहाँ उनीहरुका श्रीमती र बालबच्चा बस्ने गरेको पाइएको इरानी अधिकारीहरूले बताएका छन् ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता नासिर कनानीले सम्भावित सुरक्षा खतरालाई निस्तेज पार्न सटिक र लक्षित आक्रमण गरेको बताएका छन्।

पाकिस्तानले आक्रमणको कडा निन्दा गर्दै इरानले त्यसको मूल्य चुकाउनुपर्ने बताएको छ । पाकिस्तानको विदेश मन्त्रालयले इरानले हवाई ‍क्षेत्रको उल्लंघन गरेको दुई निर्दोष बालिकाहरूको हत्या गरेको भन्दै यसको दुष्परिणाम भोग्न तयार रहन पनि चेतावनी दिएको छ ।

‘दुबै तर्फ संवादको वातावरण हुँदाहुँदै इरानले गैरकानुनी बाटो समात्यो,’ पाकिस्तानको विदेश मन्त्रालयले भनेको छ । मारिनेहरू ८ र १२ वर्षका बालिका हुन् ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ