• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

अन्तराष्ट्रिय

४० वर्ष पुगे किम जोङ

3.2K
SHARES



काठमाडौँ। उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनको उमेरलाई लिएर विभिन्न अनुमान गरिँदै आएको छ । यस गोप्य राष्ट्रका शीर्ष नेताको वास्तविक जन्मदिन आजसम्म कसैलाई यकिन रुपमा थाहा छैन।

उत्तर कोरियाली विश्लेषकहरूले यसबारे विभिन्न अनुमानहरू गर्छन्। विश्लेषकको भनाइ सही हो भने सोमबार उनको उमेर ४० वर्ष पुगेको छ । सोही दिन अधिकारीहरूले केही तस्बिरहरू जारी गरेका थिए जसमा उनी आफ्नी छोरीसँग कुखुरा फार्ममा गएका थिए।

अघिल्ला शासकहरूको तुलनामा, उनको जन्मदिन गोप्य राखिएको छ । उनीभन्दा पहिले, उनका बुबा किम जोङ इल र उनका हजुरबुवा किम इल सुङ सत्तामा हुँदा उनीहरूको जन्मदिनलाई राष्ट्रिय उत्सवको रूपमा मनाइन्थ्यो। सोमबार पनि उनको जन्मदिनमा बिदा दिइएको थियो ।

यद्यपि किम जोङ उनको जन्म मिति ८ जनवरी हो या होइन भन्ने यो अझै रहस्य नै छ । तर जनवरी २०२० मा उत्तर कोरियाली अधिकारीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई किमको जन्मदिनको शुभकामनाका लागि धन्यवाद दिएका थिए ।

त्यस्तै छ वर्षअघि अमेरिकी बास्केटबल खेलाडी डेनिस रोडम्यानले यही दिन हजारौँको भीडमा किम जोङ उनलाई जन्मदिनको शुभकामना दिएका थिए ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ