• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    रास्वपा केन्द्रीय सदस्य र सांसदकाे लेबी शुल्क २५ हजार

    2.1K
    SHARES



    काठमाण्डाै। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्य र सांसदहरूका लागि लेबी शुल्क वार्षिक २५ हजार रुपैयाँ निर्धारण गरेकाे छ ।

    आज सिंहदरबारमा बसेकाे सचिवालय बैठकले लेबी शुल्कमा एकरूपता ल्याउन लागि केन्द्रीय सदस्य र सांसदहरूका लागि वार्षिक २५ हजार रुपैयाँ निर्धारण गरेकाे प्रमुख सचेतक सन्ताेष परियारले बताएका छन् ।

    यसअघि केन्द्रीय सदस्यहरूले एक लाख रुपैयाँ तिर्नुपर्थ्याे । यस्तै पार्टी सदस्यता शुल्क एक हजार रुपैयाँ ताेकेकाे प्रमुख सचतेक परियारले जानकारी दिए ।

    उनले भने, ‘पार्टी सदस्यता शुल्क हजार रुपैयाँ तोकेका छौँ । त्यस्तै पार्टीको लेबी शुल्कका लागि केन्द्रीय सदस्य र सांसदहरूले वार्षिक २५ हजार रुपैयाँ तिर्नुपर्ने निर्धारण गरेका छाैँ ।’

    यसैगरी बैठकले पार्टीको ऊर्जा नीति कार्यदल र सार्वजनिक प्रशासनसम्बन्धी कार्यदलको म्याद थप गरेको छ । बैठकले पार्टीको केन्द्रीय निर्वाचन आयोगकाे सचिवमा भूमिनन्द बराल र सदस्यहरूमा प्रा. डा. अत्यन्द्र दाहाल, राम गुरुङ, अधिवक्ता सुमित्रा पण्डित क्षेत्रीलाई नियुक्त गरेको उनले बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ