• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    राष्ट्रपतिविरुद्धको महाअभियोग पारित भएपछि दक्षिण कोरियामा निर्वाचन

    279
    SHARES



    सोल । राष्ट्रपति युन सुक योलमाथिको महाअभियोग पारित भएपछि अहिले दक्षिण कोरियामा निर्वाचन भइरहेको छ। मतदान नेपाली समय अनुसार साँझ पौने ५ बजेसम्म चल्ने जनाइएको छ।

    निर्वाचनको अग्र मोर्चामा विपक्षी नेता ली जाय म्युङ छन्। यसैगरी, अहिलेका मन्त्री सत्तारुढ किम मुन सु उम्मेदवार छन्। अहिले भएको निर्वाचनको पृष्ठभूमि डिसेम्बर महिनामा युनको अप्रत्याशित कदम र उनको ओरालो यात्रासँग जोडिएको छ।

    लामो समय देखिको मित्र शक्ति अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको कर नीति पछि आफूलाई कुन स्थानमा राख्ने भन्ने कुराको तय गर्नु नयाँ राष्ट्रपतिका लागि मुख्य चुनौतीमा विषय हो।

    उम्मेदवार भएका विपक्षी नेता म्युङमाथि पनि धेरै अभियोग लगाइएको छ। निर्वाचनको समयमा यसका सबै सुनुवाइ स्थगित भएका छन्। उनले जित हात पारेमा पनि यसले त्यस देशमा कानुनी झमेला उत्पन्न गर्नसक्ने छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ