• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

अभ्यास खेलमा नेपालले स्कटल्यान्डलाई फराकिलो अन्तरले हरायो

3K
SHARES



काठमाण्डाै । नेपालको १९ वर्षमुनिको टोलीले अभ्यास खेलमा स्कटल्यान्डलाई फराकिलो अन्तरले हराएको छ ।

गुलशन झाले शतक बनाएको खेलमा नेपालले स्कटल्यान्डलाई १ सय ३५ रनले हरायो । जितका लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड ४३ ओभर २ बलमा १ सय ४९ रनमा अलआउट भयो ।

नेपालका तिलकराज भण्डारीले ३ र आकाश चन्दले दुई विकेट लिए । त्यसअघि नेपाल ४९ ओभर २ बलमा २ सय ८४ रनमा अलआउट भएको थियो । नेपालका गुलशन झाले १ सय १४ रन बनाएका थिए ।

टोली दक्षिण अफ्रिकामा छ । आउँदो जनवरी १९ देखि शुरु हुने १९ वर्षमुनिको विश्व कपमा नेपाल समूह ‘डी’ रहेको छ ।

नेपालको समूहमा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान छन् । नेपालले पहिलो खेल जनवरी २१ तारिखमा न्युजिल्यान्डसँग, दोस्रो खेल जनवरी २४ मा पाकिस्तानसँग र समूहको अन्तिम खेल जनवरी २६ तारिखमा अफगानिस्तानसँग खेल्नेछ ।

विश्व कप अघि नेपालले जनवरी १३ मा स्कटल्यान्ड र जनवरी १६ मा वेस्टइन्डिजसँग अभ्यास खेल खेल्नेछ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ