• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

भारतलाई पछि पार्दै अस्ट्रेलिया टेस्ट वरीयताकाे शीर्ष स्थानमा

2.8K
SHARES



काठमाण्डाै । अस्ट्रेलिया आईसीसीकाे टेस्ट क्रिकेट वरीयताकाे शीर्ष स्थानमा उक्लिएकाे छ ।

आईसीसीकाे पछिल्लाे वरीयतामा भारतलाई पछि पार्दै अस्ट्रेलिया टेस्ट क्रिकेटकाे वरीयतामा पहिलाे नम्बरमा पुगेकाे हाे ।

यस्तै भारत टेस्ट वरीयताकाे दाेस्राे स्थानमा रहेको छ । यसैगरी इङ्ग्ल्यान्ड, दक्षिण अफ्रिका र न्युजिल्यान्ड क्रमशः तेस्राे, चाैथाे र पाँचाैँ स्थानमा यथावत् छन् ।

टेस्ट वरीयताकाे ब्याटरतर्फ न्युजिल्यान्डका केन विलियमसन शीर्ष स्थानमा यथावत् छन् । यस्तै इङ्ग्ल्यान्डका जाेए रुट दाेस्राे र अस्ट्रेलियाका स्टेभेन स्मिथ तेस्राे स्थानमा यथावत् छन् ।

टेस्ट वरीयताकाे बलिङतर्फ भारतका रविचन्द्रन अश्विन, दक्षिण अफ्रिकाका कागिसाे रबाडा र अस्ट्रेलियाका प्याट कमिन्स क्रमशः पहिलाे, दाेस्राे र तेस्राे स्थानमा यथावत् रहेका छन् ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ