• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    गठबन्धन बैठक सकिएलगत्तै एमाले अध्यक्ष ओली पुगे बालुवाटार

    4.1K
    SHARES



    काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचन भागबण्डाबारे छलफल गर्न प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष केपी आली बालुवाटार पुगेका छन् । सत्ता गठबन्धनको बैठक बसिरहेका बेला ओली बालुवाटार पुगेका हुन् ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र, नेपाली कांग्रेस, जसपा र नेकपा एकीकृत समाजवादीको बैठकलगत्तै एमाले अध्यक्षसहितका नेताहरु बालुवाटार पुगेपछि संयुक्त बैठक बस्ने भनिएको छ ।

    यद्यपि सत्ता गठबन्धनको बैठकमा के सहमति भयो भन्ने सार्वजनिक भैसकेको छैन । तर जसपाका अध्यक्ष उपेन्द्र यादवले भने बैठक निष्कर्षविहिन भएको बताएका छन् । उनले भोलि बिहान पुनः बस्नेगरी बैठक स्थगित भएको बताए ।

    यसअघि बुधबार बिहान माओवादी र कांग्रेसका शीर्ष नेताहरुबीच छलफल भएको थियो । त्यसअघि एमाले अध्यक्ष ओली, प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच लगातारजसो भेटवार्ता र छलफल हुँदै आएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ