• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

कर्णाली

कालीकोटका ८ वटा पालिकामा बिजुली पुग्यो

4K
SHARES



कालीकोट । कालीकाेटकाे आठ वटा पालिकामा बिजुली पुगेकाे छ । नाै वटा पालिका रहेकाे कालीकाेटमा पलाँता गाउँपालिकाबाहेक अरू पालिकामा बिजुलीकाे पहुँच विस्तार भएको नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्र प्रमुख विमलप्रसाद साहले बताए ।

खाँडाचक्र नगरपालिका, तिलागुफा नगरपालिका, रास्कोट नगरपालिका, नरहरिनाथ गाउँपालिका, सान्नी त्रिवेणी गाउँपालिका, पचालझरना गाउँपालिका, महावै गाउँपालिका र शुभकालिका गाउँपालिकामा बिजुलीकाे पहुँच पुगेको हो । ८ वटै पालिकाको केन्द्रसम्म बिजुली पुगेको भए पनि सबै वडामा भने बिजुलीकाे पहुँच पुगेकाे छैन । अहिले वडावडामा बिजुलीकाे प्रसारण लाइन जोड्ने काम भइरहेको प्रमुख साहले बताएका छन् ।

‘गाउँगाउँमा अहिले बिजुलीका खम्बा गाड्ने काम भइरहेको छ । अब चाँडै पलाँतामा पनि बिजुली पुर्‍याउँछाैँ’, साहले भने । पलाँता गाउँपालिकाको केन्द्रसम्म चालु आर्थिक वर्षभित्रै बिजुलीकाे पहुँच विस्तार गर्ने गरी काम भइरहेको प्रमुख साहको भनाइ छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ