• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

प्रधानमन्त्री कप महिला क्रिकेट- गण्डकीको पहिलो जित

1.8K
SHARES



काठमाडौं । काठमाडौं चलिरहेको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा गण्डकी प्रदेशले पहिलो जित दर्ता गरेको छ ।

आज शुक्रबार मूलपानीमा भएको खेलमा कर्णाली प्रदेशलाई ४४ रनले हराउँदै गण्डकीले पहिलो जित दर्ता गरेको हो ।

जितका लागि १ सय ४२ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेशले २० ओभरमा ६ विकेट गुमाएर मात्र ९७ रन बनाउन सक्यो ।

कर्णालीका लागि गौरी बोहराले २६ तथा तिर्सना विश्वकर्माले १९ रन बनाइन् । गण्डकीकी रचना चौधरीले २ तथा सुमन खतिवडा र ज्योत्सना मरासिनीले समान १ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको गण्डकीले ओपनर अञ्जली विश्वकर्मा र ज्योत्सनाको अर्धशतक मद्दतमा १४१ रन बनाएको थियो ।

१८ रन बनाउँदा ३ विकेट गुमाएको गण्डकीका अञ्जली र ज्योत्सनाले चौथो विकेटका लागि ८४ रनको साझेदारी गरे ।

अञ्जली ४८ बलमा ५१ रन बनाउँदै १६ औं ओभरमा र ज्योत्सना ४० बलमा ५० रन बनाउँदै खेल सकिन ३ बल बाँकी छँदा आउट भइन् ।

कर्णालीका यमुना थारु र अञ्जु गुरुङले समान २ विकेट लिए भने रश्मिले १ विकेट हात पारिन् ।

८ टिम सहभागी प्रतियोगितामा यो कर्णालीको लगातार दोश्रो हार हो । गण्डकी भने आफ्नो पहिलो खेलमा हिजो लुम्बिनी प्रदेशसँग पराजित भएको थियो ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ