• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    अमेरिकामा ४८ वर्ष जेल बसेका सिमोन्स निर्दोष ठहर

    7.2K
    SHARES



    काठमाडौं । अमेरिकाको ओक्लाहोमा राज्यका एक न्यायाधीशले ४८ वर्ष जेलमा रहेका एक व्यक्ति निर्दोष रहेको फैसला सुनाएका छन् ।

    अदालतबाट निर्दोष ठहरिने ती व्यक्ति ७० वर्षका ग्लिन सिमोन्स हुन् । ओक्लाहोमा काउन्टी डिस्ट्रिक्ट न्यायाधीश एमी पालुम्बोले उनी निर्दोष रहेको फैसला सुनाएका हुन् ।

    ती न्यायाधीशले जुलाईमा सिमोन्सलाई रिहा गर्न आदेश दिएका थिए र उनको मुद्दामा नयाँ सुनुवाइको आदेश पनि दिएका थिए । तर सोमबार, काउन्टी जिल्ला अधिवक्ताले मुद्दामा प्रमाणको कमी रहेको बताए ।

    न्यायाधीश पालुम्बोले फैसलामा भनेका छन्, ‘स्पष्ट र विश्वसनीय प्रमाणको आधारमा, अदालतले इ ठहर गर्छ कि ग्लिन सिमन्सलाई जुन अपराधमा दोषी ठहराइयो र जेल सजाय भयो त्यो अपराध उनले गरेकै थिएनन् ।’

    ग्लिन सिमोन्सले ४८ वर्ष, एक महिना र १८ दिन जेलमा बिताए । उनी क्यारोलिन सु रोजर्स नामकी महिलाको हत्यामा दोषी ठहर भएका थिए । ओक्लाहोमा शहर नजिकैको रक्सी पसलमा लुटपाट गर्दा उनको हत्या भएको थियो । ग्लिन सिमन्स त्यतिबेला २२ वर्षका थिए ।

    क्यारोलिनको हत्या आरोपमा अर्का एक आरोपीलाई सन् १९७५ मा मृत्युदण्डको सजाय सुनाइएको थियो । पछि अमेरिकी सर्वोच्च अदालतले त्यो सजायलाई जन्मकैदमा परिवर्तन गरेको थियो ।

    सिमोन्सले ती महिलाको हत्या भएको बेलामा आफू लुइसियानामा रहेको बताएका थिए । सरकारी वकिलहरूले प्रतिरक्षालाई सबै प्रमाण नदिएको पाएपछि जिल्ला अदालतले उनको सजाय खारेज गरेको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया