• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    खेलाडीलाई नियन्त्रण गर्न नसकेको भन्दै म्यानचेस्टर सिटीमाथि कारबाही

    2.9K
    SHARES



    लण्डन । आइतबार प्रिमियर लिगमा टोटनह्यामसँगको खेलमा खेलाडीहरूलाई नियन्त्रण गर्न नसकेको भन्दै फुटबल एसोसिएसन (एफए) ले म्यानचेस्टर सिटीलाई कारबाही गरेको छ । सो खेलमा सिटी ३-३ गोलको बराबरी खेल्न बाध्य भएको थियो ।

    इन्जुरी समयमा ज्याक ग्रिलिस गोल गर्न अघि बढिरहेका बेला रेफ्री साइमन हुपरले फ्रिकिक दिने निर्णय गरेपछि खेलाडीहरूले उनलाई घेरेर विरोध जनाएका थिए । हुपरले सुरुमा सिटीलाई ‘एडभान्टेज’ दिए पनि पछि खेललाई रोकेर फ्रिकिक दिने निर्णय गरेका थिए ।

    सिटीले बिहीबारसम्म यसबारे जवाफ दिनुपर्नेछ । एफएले एक विज्ञप्ति जारी गर्दै साबिक विजेता टोलीले खेलाडीहरूले गलत तरिकाले व्यवहार नगरुन् भनेर सुनिश्चित गर्न नसकेको बताएको छ ।

    स्ट्राइकर अर्लिङ हालान्डसहितका खेलाडीहरूले रेफ्री हुपरलाई घेरेका थिए । उनले खेलपछि पनि आफ्नो असन्तुष्टि व्यक्त गरेका थिए । सामाजिक सञ्जाल एक्समा सो घटनाको क्लिप सार्वजनिक गर्दै उनले आपत्तिजनक भाषाको प्रयोग गरेका थिए । एफएले यसबारे थप कारबाही नगर्ने भएकाले हालान्डले व्यक्तिगत कारबाहीको सामना भने गर्ने छैनन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया