काठमाण्डाै। आजदेखि यमपञ्चक अर्थात् तिहार शुरु भएको छ ।
यमपञ्चकको पहिलो दिन आज कागतिहार हो । कात्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाउने चलन छ ।
आजै कात्तिक कृष्ण त्रयोदशीका दिन बेलुकी यमदीपदान शुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि रहको छ ।
यसवर्ष तिथिको घटबढका कारण भोलि कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको छ भने गाईपूजा पर्सि सोमवार परेको छ ।
गोरुपूजा, हलितिहार, गोवर्द्धनपूजा, बलीपूजा र आत्म अर्थात् म्हपूजा मङ्गलवार परेको छ । कात्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवर्द्धन र म्हपूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ । भाइटीका बुधवार परेको छ।
समितिका अनुसार बुधवार बिहान १० बजेर ५१ मिनेटमा भाइटीकाको उत्तम साइत छ ।
प्रतिक्रिया