काठमाडौँ । यस वर्षको मनसुन आइतबारदेखि कर्णाली प्रदेशको अधिकांश भू-भाग तथा लुम्बिनी प्रदेशको पश्चिम भू-भागबाट पनि बाहिरिएको छ ।
सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिमी भू-भागबाट भने मनसुन गत असोज १९ गते नै बाहिरिएको थियो । हाल नेपालको पूर्वी तथा मध्य भागमा बङ्गलादेश र आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ ।
कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भने मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
प्रतिक्रिया