काठमाडौं । जल तथा मौसम विज्ञान विभागले नेपालबाट मनसुन अझै केहि दिन लम्बिने बताएका छन् । नेपालबाट मनसुन बाहिरिने दिन लम्बिएका कारण किसानलाई तत्काल भित्र्याइहाल्न हतार नगर्न आग्रह गरेको छ ।
सामान्यतः २ अक्टोबरदेखि मनसुन बाहिरिने गरेको भए पनि अझै मनसुन सक्रिय नै रहेको छ । वरिष्ठ मौसमविद् वरुण पौडेल विभिन्न विष्लेषणका आधारमा आज मौसम बाहिरिने दिन अनुमान गरिए पनि यसपाली मनसुन केही दिन लम्बिएको बताएका छन् । उनले अझै मनसुन बाहिरिन झण्डै हप्ता दिन लाग्नसक्ने अनुमान रहेको बताए ।
यो बेलामा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ । साथै नेपालमा हाल भारतको बिहार र पश्चिम बंगाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रसमेतको प्रभाव रहेको छ ।
प्रतिक्रिया