• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

विजनेश

ॐ हस्पिटल र नेपाल एसबीआई बैंकबीच छुट सम्झौता

3.6K
SHARES



काठमाडौँ । ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर र नेपाल एसबीआई बैंकबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
बैंकको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक संक्षिप्त कार्यक्रममा नेपाल एसबीआई बैंकका म्यानेजिङ डाइरेक्टर तथा सीईओ दीपक कुमार डेको उपस्थितिमा ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महत र नेपाल एसविबई बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत समेत रहेका प्रमुख वित्तीय अधिकृत रिजवान आलमले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

समारोहमा नेपाल एसविआई बैंकका तर्फवाट चिफ अपरेटिङ अफिसर यादवेन्दर कान्त, चिफ विजनस डेभलोपमेन्ट अफिसर रितेश अर्याल, विजनश डेभलोपमेन्ट म्यानेजर सुमन सिलवालको उपस्थिति थियो भने ॐ हस्पिटलका तर्फवाट विजनस डेभलोपमेन्ट म्यानेजर विनोद अधिकारी लगायतको सहभागिता थियो ।

सम्झौता अनुसार बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु , कर्मचारीहरु तथा योनो नेपाल एसविआई मोवाइल एप प्रयोगकर्ताले ॐ हस्पिटलमा उपचार सेवा लिँदा अन्तरङ्ग सेवा रेडियोलोजी, प्याथोलोजी, फार्मेसी र फिजियोथेरापी लगायतका सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ