धनुषा । जनकपुरधाममा सडक निर्माणको क्रममा ठेकेदारले खुल्ला छाडेको खाल्डोमा खसेर एक बालकको ज्यान गएको छ ।
जनकपुरधाम उपमहानगरपालिका-२५ लोहनाको हजाम टोलका रञ्जित मुखियाका दुई वर्षीय छोरा रोहन मुखियाको खाल्डोमा खसेर मृत्यु भएको हो ।
शुक्रबार बिहान साढे ६ बजेतिर उठेर खेलिरहेका रोहन घर अगाडिको सडकमा खुला छाडिएको चेम्बरमा खसेका थिए । परिवारका सदस्यहरुले खोज्दा उनी खाल्डोमा फेला परेका थिए ।
टाउको तल र खुट्टा माथि थोरै देखिएको अवस्था उनलाई भेटेको र खाल्डोबाट बाहिर निकाल्दा उनको मृत्यु भइसकेको थियो ।
एक स्थानीयका अनुसार मधेश प्रदेश सरकारको बजेटमा २ वर्ष अघि ढलान भएको सडकमा नालाको लागि बनाइएको चेम्बरमा अझै पनि ढक्कन लगाइएको छैन ।
प्रतिक्रिया