• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    कान्ति बाल अस्पताल प्रकरणमा दोषीमाथि कारबाही हुन्छ : स्वास्थ्यमन्त्री बस्नेत

    1.5K
    SHARES



    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कान्ति बाल अस्पतालमा बालिका मृत्यु प्रकरणमा दोषीमाथि कारबाही हुने प्रतिबद्धता जनाएका छन् ।

    इजिप्टमा आयोजित कार्यक्रममा सहभागी भएर आइतबार नेपाल फर्किएका मन्त्री बस्नेतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुरा गर्दै यस्तो बताएका हुन् ।

    गत सोमबार मकवानपुर थाहा नगरपालिका १० घर भई हाल काठमाडौँको बाफल बस्ने पाँच वर्षीय रेजिशा गोपालीको समयमा उपचार नपाउँदा अस्पतालमा मृत्यु भएको आफन्तको भनाइ छ ।

    मन्त्री बस्नेतले भने- ‘यस घटनाबारे म बाहिर हुँदा पनि चासोका साथ हेरेको छु । समयमा उपचार नपाएर बालिकाको मृत्युमा भएको भन्ने छ । मैले इजिप्टबाट नै सचिवज्यूलाई फोन गरेर छानबिन समिति बनाउन निर्देशन दिएको थिएँ । जानाजान केही गल्ती भएको छ भने कारबाही हुन्छ । मैले कारबाही नै गर्नुपर्छ भनेको छु ।’

    बालिका मृत्यु प्रकरणको छानबिन गर्न कान्ति बाल अस्पतालले समिति गठन गरिसकेको छ । सो घटनाको सत्यतथ्य छानबिन गरी ५ दिनभित्र प्रतिवेदन बुझाउन समितिलाई निर्देशन दिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया