काठमाडौं । नेपाल सरकारका पूर्वसचिव भीम उपाध्याय र चितवन भरतपुर महानगरपालिका-१६ की पूर्णीमाया गुरुङबीच सहमति भएको छ ।
पूर्वसचिव उपाध्यायले गुरुङको फोटोसहित सामाजिक सञ्जाल फेसबुकमा गोरुको मासु खाने धराने भनेर राखेको पोष्टबारे माफी मागी आगामी दिनमा यस्तो क्रियाकलाप नदोहोर्याउने प्रतिवद्धता अनाएसँगै विवाद सुल्झिएको हो ।
आज काठमाडौंमा भीम उपाध्यायसँग सहमति भएपछि गुरुङ उपाध्यायविरुद्ध दिएको उजुरी पनि फिर्ता लिने भएकी छन् ।
काठमाडौंको तमु छोज धीँ, गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय कार्यालयमा उपाध्यायले माफी मागेपछि उनले सहमति पत्रमा हस्ताक्षर गरेकी थिइन् ।
प्रतिक्रिया