• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

सुदुरपश्चिम

धनगढी उपमहानगरद्वारा एपसँगै गुनासो टिपाउने क्यूआर कोड सार्वजनिक

3.8K
SHARES



काठमाडौं । धनगढी उपमहानगरपालिकाले अनलाइनबाट सहजै गुनासो टिपाउन सकिने व्यवस्था मिलाएको छ ।

मेयर गोपाल हमालले मोबाइल एप, क्यूआर कोड र वेबसाइटबाट गुनासो टिपाउन सकिने सुविधा ल्याइएको जानकारी गराएका छन् ।

मेयर हमालका अनुसार यसबाट धनगढी उपमहानगरपालिकाबाट भएका काम कारबाहीका विषयमा तथा उपमहानगरपालिकाबाट प्रदान गरिने सेवा सुविधाका विषयमा गुनासो टिपाउन सकिनेछ ।

“अब यस्ता गुनासाहरू सजिलैसँग अनलाइनमार्फत पनि दर्ता गराउन सकिन्छ,” मेयर हमालले भनेका छन् । त्यसका लागि नमस्ते मेयर एप ई-फाराममार्फत गुनासो र गुनासोकर्ताबारे केही विवरण भरी पठाउनु पर्ने भनिएको छ ।

ईफारमका लागि धनगढी उपमहानगरपालिकाको वेबसाइट अथवा क्यूआर कोड स्क्यान गर्न सकिनेछ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ